आदरणीय आमा बुबा, दाजु भाइ तथा दिदी बहिनीहरु, कोरनाको महामारीले सम्पूर्ण मानब कार्यकलाप ठप्प बनाएको छ महिना भन्दा बढी भैसकेको छ। हामी मध्य केही अस्पतालजस्तो अत्याबस्यक सेवामा त्रसित अबस्थामा काम गरिरहेका छौ भने धेरै घर बाटै काम गरिरहेका छौ त कती काम बन्द भएर घरमा त्यसैबसिरहेका छौ। त्यसको अलवा हाम्रो केटाकेटीहरुको स्कुल बन्द भएर २४ घन्टा घरमा बस्न बाध्य भएका छन। यि त हामी हरेक ले भोगीरहेको कुरा भयो। हामीहरु कोही अनलाइन मेडिया द्वारा सामाजिक सन्जालहरुमा केही समय आफुलाइ भुलाउन खोजेका छौ। तर हाम्रा आमा बुबाहरु जो कोही नेपालबाट केही समयको लागी आफ्नो परिवार भेट्न र यसो घुमघामको लागी आउनु भएको छ भने कोही येही लामो समय बसिरहनु भएको छ। अहिले कोरोनाको कहरले उहाँहरु घर भित्रै थुनिएर बस्नु परेको त छ नै त्यसमा पनी कसैको उमेरको कारणले कसैको स्वास्थको कारणले हामिले जस्तो यि बिधुतिय सामाजिकसन्जालमा आफुलाइ भुलाउन पनी सक्नु नभएको हुन सक्छ भने अरु साथीभाइहरु सङ्ग भेटघाट पनी रोकिएको छ।

त्यसैले गाउको चौतारोमा बसेर उहाँहरुको मनका कुरा सुन्न नपाए पनी उहाँहरुलाइ यो असहज परिस्थितिका अनुभब र उकुसमुकुस सुनाउने अबसर प्रदान गर्ने मनसाय राखेर जुम मार्फत  मिती: आइतबार, अगस्ट ९ गते  “मनको चौतारी”  कार्यक्रम सम्पन्न भयेको  छ । नेपालिज आसोसिएसन अफ फ्लोरिडा को आयोजनामा सम्पन्न कार्यक्रमको  सह आयोजक आइ एन एल एस , फ्लोरिडा च्याप्टर रहेको थियो

धन्यबाद,
NAF-Community Engagement Coordinator With executive team

Live Video:
https://www.facebook.com/100008375828381/videos/2742463092709525/

Events